शुभकामना आदानप्रदान, समाजका आजीवन सदस्यलाई सम्मान एवम् भित्तेपात्रो लोकार्पण सम्पन्न

काठमाडौ ७ वैशाख २०८१। तिमल्सिना समाज नेपाल, धादिङको आयोजना नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान, समाजका आजीवन सदस्यलाई सम्मान एवम् भित्तेपात्रो लोकार्पण सम्पन्न भयो । कार्यक्रम तिमिल्सिना समाज नेपालका केन्द्रीय अध्यक्ष दीपकराज तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । ए वन क्याफे नयाँ बजार काठमाडौंमा भएको उक्त कार्यक्रम तिमल्सिना समाज नेपाल, धादिङका अध्यक्ष बालकृष्ण तिमल्सिनाको अध्यक्षतामा भयो भने उक्त कार्यक्रम समाजका...

Read more

गतिविधि

तिमल्सिना समाज नेपालको वंशवली सम्बन्धी वृहत भेला देवघाट चितवनमा सम्पन्न

२०८० चैत २४, चितवन । तिमल्सिना समाज नेपालको वंशवली सम्बन्धी प्रथम ऐतिहासिक प्रारम्भिक भेला तिमल्सिना समाज नेपालका संरक्षक तथा समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाको, प्रमुख आतिथ्यमा समाजका अध्यक्ष दीपक तिमल्सिनाको संभापतित्वमा भव्य रुपमा सम्पन्न भयो । उक्त भेलाले हालसम्म...

Read more
ADVERTISEMENT

विचार

वर्तमान कार्यसमितिका योजनाहरू अध्यक्षको कलमबाट ।  

तिमिल्सिना समाज नेपालको स्थापनासँगै देशभर वसोवास भएका तिमिल्सिनाहरूको माझ एकापसमा परिचय गराउन समाज सफल भएको छ । करिब ६६  जिल्लामा वसोवास गर्ने तिमिल्सिना तिमिल्सिना समाजमा नेपालमा आवद्ध भएका छन् । तिमिल्सिनाहरूमा बन्धुत्वको भावना जागृत भएको छ ।  यहि नै तिमिल्सिना समाज नेपालको उपलब्धि हो । तिमिल्सिना...

Read more

सूचना

दस्तावेज

ADVERTISEMENT
ADVERTISEMENT

परिचय

भूगोल र जीवनशैलीमा आधुनिक विश्वव्यापीकरणको विशाल प्रक्रियामा समाहित हुने क्रम तीव्र छ । समाज रूपान्तरणको तीव्र वेगमा मौलिक परम्परा र संस्कृतिहरूले पनि आधुनिकताभित्र मौलिकताका मिश्रित स्वरूप ग्रहण गर्नु अस्वाभाविक पनि होइन । समाज उपभोगवादी संस्कृति र अभ्यासमा मौलाउनु अधिनस्त समाजको विशेषता हो । समाजले गहण गरेका विशेषताहरूसँग आफ्ना मौलिक पहिचान, संस्कृति र अभ्यासहरूलाई जीवन्त राख्ने चुनौती हामीसँग छ ।
जीवन जीउनका खातिर मानिस एक ठाउँबाट अर्को ठाउँसम्म बसाइँ सरेर गइरहेका छन् । उनीहरूसँगै उनीहरूको पहिचान सामाजिक–सांस्कृतिक क्रियाकलापका अभ्यासहरू अन्तरसम्बन्धको रूपमा गइरहेको नै छ । स्वयम् आफ्नो पहिचान र सामूहिक भावनालाई धानिरहेका रहेका छन् मान्छेहरू ।
यसरी नै आफ्ना सांस्कृतिक अभ्यासहरूलाई एकत्रित गरी आफ्नो अस्तित्व र मौलिकतालाई जीवन्त राख्ने, सांस्कृतिक–सामाजिक अभ्यासहरूको भोगचलन गर्ने र ‘आफू हुनु’को बोध गर्ने गरी ऐतिहासिक–सामाजिक–सांस्कृतिक अभ्यासका धरातलहरूलाई गहन, विस्तृत र सूक्ष्म रूपमा अध्ययन गरी एकवद्ध बनाउने प्रयास स्वरूप तिमिल्सिना समाज नेपालको स्थापना भएको हो ।

तिमिल्सिनाहरुले आफ्नो वंशको श्रेष्ठता कायम गर्न सक्नुपर्छ ।
व्यक्ति वा कूलको श्रेष्ठता कर्मले निर्धारण गर्दछ, नकी वंश वा जातले ।
उही जन्मेको सार्थक हुन्छ, जसबाट आफ्नो वंशको समुन्नति हुन्छ । – भर्तृहरि
कूल, गोत्र र वर्णश्रमका रूपहरू भ्रम हुन् । – महिर्ष मुद्गल ।

समग्र तिमिल्सिनाहरूको एकीकृत वंशावली तयार गर्ने तिमिल्सिना समाज नेपालको योजनालाई कसरी सहयोग गर्न सकिन्छ ?

  • आफ्नो सम्पर्कमा भएका सबै तिमिल्सिना दाजुभाइ तथा दिदीबहिनीहरूलाई वंशावली तयार हुँदै गरेको कुरा जानकारी गराऔं ।
  • आफ्ना दाजुभाइ, दिदीबहिनी, छोराछोरी, बुबाआमा, काकाकाकी, ठुलोबाठूलीआमा, फूपुहरू, हजुरबाहजुरआमा, लगायत माथिका सबै जानकारीहरू जानकारी सङ्कलन गरौँ । त्यसका लागि तिमिल्सिना समाजले बनाएको फारम भरौं र समाजलाई पठाऔं । यी सबै विवरणहरू फारम वेवसाईटबाट पनि भर्न सिकने छ ।
  • नाम, जन्ममिति, ठेगाना, बाबु आमाको नाम, बाजे बज्यैको नाम, विवाह विवरण, विवाह मिति, शैक्षिक योग्यता, अतिरिक्त क्रियाकलाप, फोन र इमेल, वंश सङ्केत जन्म तथा मृत्यू तिथि लगायत सबै विवरण समावेश गरौं ।
  • भने हामीले यसपटक अलग्गै वंश सङ्केत र परिभाषा समेत तयार पार्ने योजनामा छौं । जुन आगामी पुस्ताका लागि समेत अत्यन्तै लाभदायी हुने हाम्रो अपेक्षा रहेको छ ।

तिमिल्सिना समाज नेपाल

केन्द्रीय कार्यालय

सानेपा, ललितपूर

इमेल : timilsinasamaj2076@gmail.com

info@timilsinasamaj.org