तिमिल्सिना समाज नेपालको विधान २०६३ बमोजिम भोजपुर जिल्ला समितिको गठन भएको छ । तिमिल्सिना समाजको १ नं प्रदेशका अध्यक्ष हरिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भेलामा समाजका केन्द्रीय सदस्य डा.महानन्द तिमिल्सिना प्रमुख अतिथिका रूपमा रहेका थिए । तीन वर्षका लागि गठित कार्यसमितिको अध्यक्षमा गणेशप्रसाद तिम्सिना, उपाध्यक्ष दलबहादुर तिम्सिना, सचिव अम्बिका तिम्सिना, कोषाध्यक्ष कमलप्रसाद तिम्सिना र सदस्यहरूमा लोकनाथ तिम्सिना, होमनाथ तिम्सिना, बलबहादुुर तिम्सिना, दानबहादुर तिम्सिना र कृष्णकुमारी तिम्सिना निर्वाचित भएका छन् ।
निरोज तिम्सिनाद्वारा सञ्चालित उक्त कार्यक्रममा भोजपुर क्षेत्रका व्यापक तिम्सिनाहरूको उपस्थिति रहेको थियो । जिल्ला क्षेत्रमा तिमिल्सिनाहरूबीच आपसी सद्भाव, वंशखोजी, सहयोग आदानप्रदान एवम् सामाजिक कार्यका लागि समिति गठन गरिएको कुरा केन्द्रीय सदस्य डा.महानन्द तिमिल्सिनाले जनाए साथै उनले समाजको केन्द्रीय समितिले आफ्नो स्थापना दिवसका अवसरमा यही कार्तिक २३ गते काठमाडौंमा देशभरिका तिमिल्सिना पत्रकार, जनप्रतिनिधि तथा कलाकर्मीहरूलाई बृहत् कार्यक्रम आयोजना गरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका हातबाट सम्मान गर्न लागेको र उक्त कार्यक्रममा सबैको सहभागिताका लागि अनुरोधसमेत गरे । कार्यक्रममा सहभागिताका लागि पत्रकार भूपेन्द्र तिम्सिनाले उपस्थित सम्पूर्ण बन्धुहरूलाई धन्यवाद दिएका थिए ।
