तिमिल्सिना समाज नेपालको स्थापनासँगै देशभर वसोवास भएका तिमिल्सिनाहरूको माझ एकापसमा परिचय गराउन समाज सफल भएको छ । करिब ६६ जिल्लामा वसोवास गर्ने तिमिल्सिना तिमिल्सिना समाजमा नेपालमा आवद्ध भएका छन् । तिमिल्सिनाहरूमा बन्धुत्वको भावना जागृत भएको छ । यहि नै तिमिल्सिना समाज नेपालको उपलब्धि हो । तिमिल्सिना बन्धु वान्धवहरूको एकआपसमा हार्दिकता पूर्वक एकै ठाउँमा बसेर समाज वंश खोज र पहिचानको काम गर्ने वातावरण निर्माण भएको छ ।
तिमिल्सिना समाज नेपालमा समाजका लागि केही गर्नुपर्छ भनेर उभिएका छ । वंश खोज तथा अनुसन्धानमा हुन बाँकी नै छ । विभिन्न क्षेत्रमा रहेका दाजुभाइ दिदीबहिनीहरू समेटिन बाँकि नै रहेको छ । त्यसैले आफ्नो सम्पर्कमा रहेनुभएका बन्धुबान्धबहरूलाई तिमिल्सिना समाज नेपालमा आबद्धता गराउँदै समाजको महत्त्व र सान्धर्भिकताका बारेमा अवगत गराउनु आजको आवश्यकता हो । हरेक क्षेत्रमा वसोवास गर्ने तिमिल्सिनाहरूलाई तिमिल्सिना समाज नेपाललाई कहा सम्पर्क गर्ने ? कसरि सम्पर्कमा पुग्न सकिन्छ ? आदि विषयमा जानकारी हुनु आवश्यक छ ।
तिमिल्सिना समाज नेपाल कुनै वर्ग क्षेत्र र समुहमा मात्र सीमित नभई सबै तिमिल्सिनाहरूको आस्थाको केन्द्रको रूपमा विकास गर्नु जरूरी छ । तिमिल्सिना वंश र पूर्खाहरूले मनाएका अनेकौ चाडपर्व, संस्कृति, स्वधर्म, कूल आदिको संरक्षाण हुनु जरूरी छ । त्यसैले देशविदेश जो जहाँ भएपनि आफ्नो कूल र वंशकालागि, आफ्नो धर्म र संस्कृतिका लागि, सहयोगी हातहरू फिजाउँ खुला मन लिएर समाजको लागि योगदान गरौ ।
तिमिल्सिना बाहेकका थर लेख्नेहरू पनि तिमील्सिना थर लेख्न थालिसकेका छन् । जस्तै विष्ट, न्युरे, कुइकेल, कोइराला, कार्की, के.सी./ खत्री,जोशी, उपाध्याय, शर्मा, तिमील्सैना, तिम्सिना, तिमल्सेना, आदी थर लेख्नेहरू पनि तिमील्सिना थर लेख्ने क्रम शुरु भएको छ । हाम्रा बुवाहरू, हजुरबुवाहरू तिमिल्सिना हुन् भने हामी किन अर्को थरी भन्ने समीक्षा भैरहेको छ । कूलवंश कहाँ थिए त्यही समाहित हुने इच्छा प्रकट भएको हो । कूल वंशको उत्थानको लागि एक्यवद्धताजस्तो हो । यसकारण पनि तिमिल्सिना थर लेखि आफ्नो वंश सम्झिएर आउनुहुने सबैमा तिमिल्सिना समाज नेपाल हार्दिक आभार प्रकट गर्दछ । स्वागत गर्दछ ।
भावी कार्ययोजनाहरु
तिमिल्सिना समाज नेपालको नवौं महाधिवेशन (२०७६ बैशाख ७)बाट निर्वाचित कार्य समितिले यस कार्यकालको लागि विभिन्न कार्ययोजनाहरू अगाडि बढाएको छ ।
समाजको विस्तार ।
देश भित्र र बाहिर छरिएर बसेका तिमिल्सिनाहरूलाई एकीकृत गर्न
२०७६ बैशाख महिनामा नयाँ कार्यसमिति गठनसँगै समाजको पहिलो बैठकबाट तीन महिनाभित्र तिमिल्सिना समाज नेपालको प्रदेश स्तरिय समिति हरेक प्रदेशमा गठन गर्ने लक्ष्य लिएको थियो । उक्त कार्य सम्मपन्न भएको छ ।
तिमिल्सिनाहरूको बसोवास रहेका हरेक जिल्लाहरूमा तिमिल्सिना समाज नेपालको जिल्ला समितिको गठन गर्नु अत्ति अवश्य रहेको छ । यसको लाथि सम्बन्धित प्रदेशले संयोजनकारी भूमिका निर्वाह गर्ने गरी सबै जिल्ला समितिहरू गठन गर्ने योजना रहेको छ ।
तिमिल्सिनाहरूको बाहुल्यता रहेका स्थानिय निकायहरूमा पनि सकेसम्म तिमिल्सिना समाज नेपालको स्थानीय र वडा समितिहरू गठन गर्ने लक्ष्य तिमिल्सिना समाजको छ । यस प्रकारका स्थानीय स्तरमा समितिहरू निर्माण गर्न सम्बन्धित जिल्ला समितिले संयोजनकारी भूमिका निर्वाह गर्ने छ । हाल स्थानीय तहमा तिमिल्सिना समाजको स्थानीय समिति तिब्रतामा साथ गठन गर्ने कार्य चलिरहेको छ ।
सामिजक क्रियाकलापहरू ।
तिमिल्सिना समाज नेपालको केन्द्रीय समिति, प्रदेश समिति र स्थानीय समितिहरूबाट अवश्यकतानुसार विभिन्न उपसमितिहरूको निर्माण गरी धार्मिक , साँस्कृतिक, कूलपूजा, रक्तदान , बनभोज , स्वास्थ्य शिविर, भित्तेपात्रो तथा स्मारिका प्रकाशन लगायतका सामाजिक क्रियाकलापहरूमा समाजका तर्फबाट कार्ययोजना बनाई अग्रणी भूमिका खेलिने छ ।
प्रकाशनहरू
तिमिल्सिना समाज नेपालले आफ्ना क्रियाकलापहरू सहज ढंगबाट सबैको पहुँचमा पुगोस भन्ने उद्देश्यले समाजको वेभसाईट, फेसबुक पेज, युटुब्च्यानल तथा टुईटर लगायतका स्थानबाट आम तिमिल्सिनाहरूसम्म पुग्न सकिने भएको हुँदा यस प्रकारका साइट तथा सामाजिक सञ्जालहहरूको सञ्चालनको शुरू गरिएको छ । यसबाट तिमिल्सिना समाज नेपालका गतिबिधि, खोज तथा अनुसन्धानबाट प्राप्त जानकारी विषयहरूलाई प्रवाह गरिनेछ । साथै अवश्यकतानुसार समाजको मुखपत्र तथा विभिन्न प्रकाशनहरू प्रकाशन गरिने छ ।
वंशावली निर्माण तथा प्रकाशन ।
तिमिल्सिनाको बंशावली प्रकाशनको लागि हरेक स्थानीय स्तरदेखि प्रदेश हुँदै केन्द्रसम्म छुट्टै वंशावली अध्ययन तथा निर्माणको लागि समिति बनाउने छ । प्रदेश, जिल्ला र स्थानीय स्तरमा वंशावली खोज तथा अनुसन्धानलाई मुर्त रूपमा लगि वंशावली निर्माण गरिनेछ ।
मन्दिर भवन तथा कार्यालय
तिमिल्सिनाहरूको वसोवार भएका क्षेत्रहरूमा तिमिल्सिना समाजसँग उपलब्ध जग्गा तथा सम्पति र श्रोतको परिचालन तथा ब्यवस्थापन गरी मन्दिर, कूलदेवता, गुठी तथा विभिन्न सामाजिक कार्यहरू गर्ने गराउने ।
तिमिल्सिना समाज नेपालले लिएका लक्ष्य प्राप्तिका लागि देश तथा देश बाहिर रहनुभएका सबै तिमिल्सिना दाजुभाइ तथा दिदीबहिनीहरू सबैको सहयोग अपरिहार्य बनेको छ । तिमिल्सिना समाज नेपालले अगाडि सारेमन योजना कार्यन्वयनमा सहयोगि बनिदिनुहुन अनुरोध छ । आफूसम्म खवर आइपुग्नु अगाडि नै समाजले गर्दै गरेका क्रियाकलापहरूका बारेमा जानकारी लिई सामाजिक भावनाको जागृत गराउँदै तिमिल्सिनाहरूको एकता त भातृत्वको लागि सबैले आआफ्ना क्षेत्रबाट सहयोग गरौ । समाज हरेक क्रियाकलापका बिषयमा समाजका प्रतिनिधिहरूसंग समन्यव र सम्पर्क गरौ । आजैबाट हातेमालो गरौं, आफैँबाट सुरुवात गरौँ, ।