शुभकामना आदानप्रदान, समाजका आजीवन सदस्यलाई सम्मान एवम् भित्तेपात्रो लोकार्पण सम्पन्न
काठमाडौ ७ वैशाख २०८१।
तिमल्सिना समाज नेपाल, धादिङको आयोजना नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान, समाजका आजीवन सदस्यलाई सम्मान एवम् भित्तेपात्रो लोकार्पण सम्पन्न भयो ।
कार्यक्रम तिमिल्सिना समाज नेपालका केन्द्रीय अध्यक्ष दीपकराज तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । ए वन क्याफे नयाँ बजार काठमाडौंमा भएको उक्त कार्यक्रम तिमल्सिना समाज नेपाल, धादिङका अध्यक्ष बालकृष्ण तिमल्सिनाको अध्यक्षतामा भयो भने उक्त कार्यक्रम समाजका महासचिव विदुर तिमल्सिनाले सञ्चालन गर्नुभयो। कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष माधव तिमल्सिनाले स्वागत गर्नु भयो भने महिला उपाध्यक्ष रञ्जिता खनाल तिमल्सिना र सह कोषाध्यक्ष कल्पना मिश्र तिमल्सिनाले पुष्प गुच्छा र माला लगाइदिनु भई सम्मान गर्नुभयो।
समाजका सल्लाहकार वासुदेव तिमल्सिनाले नयाँवर्षको शुभकामना व्यक्त गर्दै भित्ते पात्रोमा बन्धुहरुको विविध पक्ष झल्किएको प्रशंसा गर्नुभयो। साथै निकट भविष्यमा नै बन्धुहरूको सम्पर्क फोन डायरी प्रकाशन गर्न लागिएको र यसको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
कार्यक्रमका विशेष अतिथि केन्द्रीय वरिष्ठ उपाध्यक्ष कपिल तिमल्सिनाले धादिङ शाखाले गरेका सिर्जनशील कार्यको प्रशंसा गर्नुभयो । कार्यक्रमका विशेष आकर्षण व्यक्तित्व प्रमुख अतिथि केन्द्रीय अध्यक्ष दीपकराज तिमिल्सिनाले प्रत्येक वर्षको भित्तेपात्रो लोकार्पण,साधारण सभा र वनभोज मा आफू सहभागी हुँदै आएको जानकारी गराउनु भयो। तिमल्सिना समाज नेपाल, धादिङले प्रकाशन गरेको भित्तेपात्रो मा सम्पूर्ण तिमल्सिना बन्धुको चित्र झल्किने गरी प्रकाशित भएको मा प्रकाशन समिति लाई मुक्तकण्ठले प्रशंसा गर्नुभयो। आजीवन सदस्यता वितरण मा अत्यन्त पारदर्शिता भएको देख्दा खुसी मान्दै केन्द्र ले धादिङ बाट धेरै पाठ सिक्नु परेको समेत बताउनु भयो। उर्जाशील कार्य समिति चयन गर्न सफल धादिङका सम्पुर्ण बन्धुहरूलाई धन्यबाद दिनु भयो।
केन्दीय अध्यक्ष तिमिल्सिनाले निकट भविष्यमा प्रकाशित हुन गइरहेको तिमिल्सिना प्रारम्भिक वंशावलीमा धादिङलगायत ठाउँको कोही बन्धु नछुटुन् भन्ने उद्देश्यकाका साथ अझै केही समय वंशावलीको महान् कार्य लाग्न सम्पुर्ण बन्धुहरूलाई आह्वान गर्नुभयो। साथै उत्कृष्ठ जिल्लाको सूचीमा धादिङको नाम उच्चारण गर्न पाउँदा आफू गौरवान्वित महसुस गरेको भनाइ राख्नु भयो।
कार्यक्रममा केन्द्रीय महासचिव होमप्रसद तिमल्सिनाको विशेष आतिथ्यता रहेको थियो भने धादिङ शाखाका सल्लाहकार, कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, आजीवन सदस्यहरूलगायत धादिङका तिमिल्सिना बन्धुहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिबाट आजीवन सदस्यता कोप्रमाणपत्र वितरण गरिएको कार्यक्रमले बन्धुत्व एकता र सद्भाव तथा सहयोगको भावना बढेको अनुभूति देखिन्थ्यो।