Category: गतिविधि

गतिविधि मूख्य

तिमिल्सिना समाज नेपाल मधेश प्रदेशको अधिवेशन सम्पन्न

चन्द्रपुर, ३० जेठ, तिमिल्सिना समाज नेपाल मधेश प्रदेशको प्रथम अधिवेशन (प्रदेश सभा) आज रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।

अधिवेशनले कृष्णप्रसाद तिमल्सिनाको अध्यक्षतामा तिमिल्सिना समाज नेपाल मधेश प्रदेशको नयाँ कार्यसमिति चयन गरेको छ । केद्रीय समितिमा उपाध्यक्ष रहनुभएका तिमल्सिना आजको सभाले अध्यक्षमा सर्वसहमत रूपमा चयन गरेको हो । यसैगरी उपाध्यक्षमा वाशुदेव तिमल्सिना (बारा), सचिवमा रामप्रसाद तिमल्सिना (रौतहट) कोषाध्यक्षमा मीराकुमारी शर्मा तिमल्सिना (रौतहट),सहसचिवमा राजकुमार तिमल्सिना (रौतहट)  र सदस्यमा महेन्द्रकुमार तिमल्सिना (पर्सा), गणेश तिमल्सिना (धनुषा), हेमकर्ण तिमल्सिना (महोत्तरी), शिवबहादुर तिमल्सिना(पर्सा), प्रेमकुमारी तिमल्सिना (रौतहट), उत्तम शर्मा तिमल्सिना (बारा),भुवानीप्रसाद तिमल्सिना  (रौतहट), इन्द्र प्रसाद तिमल्सिना (रौतहट), रामकृष्ण तिमल्सिना (सर्लाही) सिहतकाे कार्यसिमित सर्वसम्मत निर्वाचित  हुनुभयो  ।

तिमिल्सिना समाज नेपालका केन्द्रीय अध्यक्ष होमप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा निवर्तमान प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिना, केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष हिरादेवी तिमिल्सिनाको, महासचिव बालकृष्ण तिमल्सिना, सचिव सञ्जय तिमल्सिना र जयराम तिमल्सिनाको आतिथ्यता रहेको थियो ।

अधिवेशनमा प्रमुख अतिथि अध्यक्ष होमप्रसाद तिमिल्सिनाले सम्पूर्णं तिमिल्सिना दाजुभाइ एकबद्ध भएर समाजको हितका लागी काम गर्नुपर्ने धारणा राख्नुभयो । यसैबिच सोही कार्यक्रममा चन्द्रपुर नगरपालिका वार्ड नं. ३ गैडाटारकी १०६ वर्षिय हरिमाया तिमल्सिनालाइ सम्मानसमेत गरिएको थियो । उहाँलाई खादा तथा सम्मान-पत्रसहित सम्मान गरियो ।

बैठकले मधेश प्रदेशबाट दुई जनालाइ तिमिल्सिना समाज नेपालको केन्द्रिय सदस्यमा मनोनित गर्नका लागि सिफारिस समेत गरेको छ । मनोनित हुनेमा धनुषाबाट शिवतिमल्सिना र बाराबाट नवराज तिमलसिना रहनुभएको छ ।

अधिवेशन समाजका केन्द्रीय उपाध्यक्ष  कृष्णप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो । अधिवेशनमा मधेश प्रदेशका सयभन्दा बढी तिमिल्सिना बन्धुको सहभागिता थियो ।

Posted by तिमिल्सिना समाज
गतिविधि

शुभकामना आदानप्रदान, समाजका आजीवन सदस्यलाई सम्मान एवम् भित्तेपात्रो लोकार्पण सम्पन्न

काठमाडौ ७ वैशाख २०८१।

तिमल्सिना समाज नेपाल, धादिङको आयोजना नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान, समाजका आजीवन सदस्यलाई सम्मान एवम् भित्तेपात्रो लोकार्पण सम्पन्न भयो ।

कार्यक्रम तिमिल्सिना समाज नेपालका केन्द्रीय अध्यक्ष दीपकराज तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । ए वन क्याफे नयाँ बजार काठमाडौंमा भएको उक्त कार्यक्रम तिमल्सिना समाज नेपाल, धादिङका अध्यक्ष बालकृष्ण तिमल्सिनाको अध्यक्षतामा भयो भने उक्त कार्यक्रम समाजका महासचिव विदुर तिमल्सिनाले सञ्चालन गर्नुभयो। कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष माधव तिमल्सिनाले स्वागत गर्नु भयो भने महिला उपाध्यक्ष रञ्जिता खनाल तिमल्सिना र सह कोषाध्यक्ष कल्पना मिश्र तिमल्सिनाले पुष्प गुच्छा र माला लगाइदिनु भई सम्मान गर्नुभयो।

समाजका सल्लाहकार वासुदेव तिमल्सिनाले नयाँवर्षको शुभकामना व्यक्त गर्दै भित्ते पात्रोमा बन्धुहरुको विविध पक्ष झल्किएको प्रशंसा गर्नुभयो। साथै निकट भविष्यमा नै बन्धुहरूको सम्पर्क फोन डायरी प्रकाशन गर्न लागिएको र यसको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

कार्यक्रमका विशेष अतिथि केन्द्रीय वरिष्ठ उपाध्यक्ष कपिल तिमल्सिनाले धादिङ शाखाले गरेका सिर्जनशील कार्यको प्रशंसा गर्नुभयो । कार्यक्रमका विशेष आकर्षण व्यक्तित्व प्रमुख अतिथि केन्द्रीय अध्यक्ष दीपकराज तिमिल्सिनाले प्रत्येक वर्षको भित्तेपात्रो लोकार्पण,साधारण सभा र वनभोज मा आफू सहभागी हुँदै आएको जानकारी गराउनु भयो। तिमल्सिना समाज नेपाल, धादिङले प्रकाशन गरेको भित्तेपात्रो मा सम्पूर्ण तिमल्सिना बन्धुको चित्र झल्किने गरी प्रकाशित भएको मा प्रकाशन समिति लाई मुक्तकण्ठले प्रशंसा गर्नुभयो। आजीवन सदस्यता वितरण मा अत्यन्त पारदर्शिता भएको देख्दा खुसी मान्दै केन्द्र ले धादिङ बाट धेरै पाठ सिक्नु परेको समेत बताउनु भयो। उर्जाशील कार्य समिति चयन गर्न सफल धादिङका सम्पुर्ण बन्धुहरूलाई धन्यबाद दिनु भयो।

केन्दीय अध्यक्ष तिमिल्सिनाले निकट भविष्यमा प्रकाशित हुन गइरहेको तिमिल्सिना प्रारम्भिक वंशावलीमा धादिङलगायत ठाउँको कोही बन्धु नछुटुन् भन्ने उद्देश्यकाका साथ अझै केही समय वंशावलीको महान् कार्य लाग्न सम्पुर्ण बन्धुहरूलाई आह्वान गर्नुभयो। साथै उत्कृष्ठ जिल्लाको सूचीमा धादिङको नाम उच्चारण गर्न पाउँदा आफू गौरवान्वित महसुस गरेको भनाइ राख्नु भयो।

कार्यक्रममा केन्द्रीय महासचिव होमप्रसद तिमल्सिनाको विशेष आतिथ्यता रहेको थियो भने धादिङ शाखाका सल्लाहकार, कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, आजीवन सदस्यहरूलगायत धादिङका तिमिल्सिना बन्धुहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिबाट आजीवन सदस्यता कोप्रमाणपत्र वितरण गरिएको कार्यक्रमले बन्धुत्व एकता र सद्भाव तथा सहयोगको भावना बढेको अनुभूति देखिन्थ्यो।

Posted by तिमिल्सिना समाज
गतिविधि

तिमल्सिना समाज नेपालको वंशवली सम्बन्धी वृहत भेला देवघाट चितवनमा सम्पन्न

२०८० चैत २४, चितवन । तिमल्सिना समाज नेपालको वंशवली सम्बन्धी प्रथम ऐतिहासिक प्रारम्भिक भेला तिमल्सिना समाज नेपालका संरक्षक तथा समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाको, प्रमुख आतिथ्यमा समाजका अध्यक्ष दीपक तिमल्सिनाको संभापतित्वमा भव्य रुपमा सम्पन्न भयो । उक्त भेलाले हालसम्म जिल्लागत रूपमा तयार भएका वंशावलीको डिजिटल स्वरूप  मार्फत सार्वजनिक गरियो ।

 

समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाले सम्बोधन गर्दै भन्नुभयो समाज चलाएको वंशावली निर्माण गर्ने अभियानमा सबैको साथ र सहकार्य जरुरत भएकाे र यसकाला सबै तत्पर रहनुपर्ने, सबैले आफ्नो परिवारको वशावली विवरण परिमार्जन गरेर यस अभियानमा जोडिन सबैलाई अनुरोध गर्नुभयो ।

 

सात वटै प्रदेशका ६० भन्दा बढि जिल्लाको प्रतिनिधित्व भएको उक्त भेलामा तिमिल्सिना समाज नेपालका वंशावली प्रकाशन सिमितिका  सहसंयोजक जयराम तिमल्सिना र उनको प्राविधिक समूहले प्रकाशित वंशावली प्राप्त गर्ने र त्यसलाई सम्पादन गर्ने तरिकाका सबैलाई जानकारी गराएका थिए ।

 

तीनसयको सङ्ख्यामा उपस्थित सहभागिहरूमा सबैलाई आफ्नो वंशावली सम्पादन गरन र छुटेका नामहरू समावेशका लागि नयाँ तथ्याङ्क तथा आवश्यक सुझाव २०८१ वैशाख मसान्तसम्म तिमिल्सिना समाज नेपालको केन्द्रीय वंशावली प्रकाशन समितिसम्म आइपुग्ने गरेर पठाउन अनुराेध गर्दै समाजका केन्द्रीय अध्यक्ष दीपकराज तिमिल्सनाले सर्वसहमत रूपमा वंशावली प्रकाशन गर्ने घोषणा गर्नुभयो ।

 

भेलामा समाजका संरक्षक, सल्लाहकार, वर्तमान तथा पुर्व पादधिकारीहरू । प्रदेश समिति जिल्ला समितिसहितको उपस्थिति थियो ।

उक्त  भेलामा समाजले देशभरबाट ३७ जना विद्यार्थीलाई छात्रवृत्री रकम उपलब्ध गराएकाे थियो ।

 

समाजले समपादनका लागि प्रकाशन गरेका वंशावली हेर्नका लागि https://timilsinasamaj.org/?page_id=11492

Posted by तिमिल्सिना समाज
गतिविधि

तिमिल्सिना समाज नेपालको तेह्रौँ स्थापना दिवस सम्पन्न ।

२०७६ कार्तिक २३
तिमिल्सिना समाज नेपालकाे १३औँ स्थापना दिवसको अवसरमा तिमिल्सिना समाज नेपाल केन्द्रीय समितिले आयोजना गरेको तिमिल्सिना भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भयो । राष्ट्रियसभाका अध्यक्ष सम्माननीय गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्ना भएको हो । कार्यक्रममा तिमिल्सिन नेपाल संस्थापक सदस्यहरू, पुर्वकार्यसिमितिमा विभिन्न योगदान गर्नुहुने तिमिल्सिनाहरू, पुर्वकार्यसमितिले मनोनयन गरेका सल्लाहकारसदस्यहरू तथा संरक्षकज्युहरूलाई उहाँहरूले गर्नुभएकाे याेगदानकाे कदर गर्दै सम्मान गर्‍यो । समाज स्थापना कालदेखि देशको पूर्वान्चल क्षेत्रमा अनवरत योगदान गर्नुहुने स्वगीय अनिरुद्र तिमिल्सिनालाई मरणपरान्त उहाँकाे कार्यको स्मरण गर्दै ‘तिमिल्सिना श्री’ सम्मान अर्पण गरिएको छ ।

नेशनल ल कलेज, सानेपा, ललितपुरमा आयोजित उक्त कार्यक्रममा २०७४ मा भएकाे तिनै तहको निर्वाचनमा निर्वाचित तिमिल्सिना जनप्रतिनिधिहरू लगाएत तिमिल्सिना कलाकारहरू, साहित्यकारहरू, पत्रकार तथा समाजसेवीहरूलाई सम्मान गरिएको हो । तिमिल्सिना समाज नेपाललाई विभिन्न समयमा सहयोग गर्ने नेशनल ल कलेज, मिर्मिरे अनलाई र आत्मलिन बचत तथा ऋण सहकारी स‌ंस्था लि.लाई कृतज्ञता ज्ञपन गरियो ।
सम्मानित सबैलाई राष्ट्रियसभाका अध्यक्ष श्री तिमिल्सिनाले रुद्राक्षमाला तथा सम्मानपत्र द्वारा सम्मान गर्नुभएकाे थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिना, प्रा.डा. पार्थिवेश्वर तिमिल्सिना, पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिब सागर तिमिल्सिना, समाजका संरक्षक डा. रामकृष्ण तिमिल्सिना, ज्योतिष पण्डित बृङ्घमराज तिमिल्सिना लगायतले सम्वोधन गर्नुभएकाे थियो ।

कार्यक्रममा तिमिल्सिना समाज नेपालका प्रदेशका प्रमुख, जनप्रतिनिधि, पत्रकार, कलाकार, साहित्यकार तथा समाजका संरक्षक, सल्लाहकार लगायत तिमिल्सिनाहरूको बाक्लो उपस्थिति रह्यो । कार्यक्रममा समाजका वरिष्ठउपाध्यक्ष श्री दीपकराज तिमिल्सिनाले स्वागत मन्त्यव्य राख्नुभएकाे थियो भने समाजका सचिव श्री टपेन्द्र तिमिल्सिनाले समाजका गतिबिधि तथा समाजका भावी योजनाहरूका बरेमा बोल्नुभएको थियो भने समाजका महासचिव श्री होमप्रसाद तिमिल्सिनाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

ि

Posted by तिमिल्सिना समाज
गतिविधि

तिमिल्सिना समाज नेपालको भोजपुर जिल्ला समिति गठन ।

तिमिल्सिना समाज नेपालको विधान २०६३ बमोजिम भोजपुर जिल्ला समितिको गठन भएको छ । तिमिल्सिना समाजको १ नं प्रदेशका अध्यक्ष हरिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भेलामा समाजका केन्द्रीय सदस्य डा.महानन्द तिमिल्सिना प्रमुख अतिथिका रूपमा रहेका थिए । तीन वर्षका लागि गठित कार्यसमितिको अध्यक्षमा गणेशप्रसाद तिम्सिना, उपाध्यक्ष दलबहादुर तिम्सिना, सचिव अम्बिका तिम्सिना, कोषाध्यक्ष कमलप्रसाद तिम्सिना र सदस्यहरूमा लोकनाथ तिम्सिना, होमनाथ तिम्सिना, बलबहादुुर तिम्सिना, दानबहादुर तिम्सिना र कृष्णकुमारी तिम्सिना निर्वाचित भएका छन् ।

निरोज तिम्सिनाद्वारा सञ्चालित उक्त कार्यक्रममा भोजपुर क्षेत्रका व्यापक तिम्सिनाहरूको उपस्थिति रहेको थियो । जिल्ला क्षेत्रमा तिमिल्सिनाहरूबीच आपसी सद्भाव, वंशखोजी, सहयोग आदानप्रदान एवम् सामाजिक कार्यका लागि समिति गठन गरिएको कुरा केन्द्रीय सदस्य डा.महानन्द तिमिल्सिनाले जनाए साथै उनले समाजको केन्द्रीय समितिले आफ्नो स्थापना दिवसका अवसरमा यही कार्तिक २३ गते काठमाडौंमा देशभरिका तिमिल्सिना पत्रकार, जनप्रतिनिधि तथा कलाकर्मीहरूलाई बृहत् कार्यक्रम आयोजना गरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका हातबाट सम्मान गर्न लागेको र उक्त कार्यक्रममा सबैको सहभागिताका लागि अनुरोधसमेत गरे । कार्यक्रममा सहभागिताका लागि पत्रकार भूपेन्द्र तिम्सिनाले उपस्थित सम्पूर्ण बन्धुहरूलाई धन्यवाद दिएका थिए ।

Posted by तिमिल्सिना समाज
गतिविधि

तिमिल्सिना समाज नेपालको धनकुटा समिति गठन ।

तिमिल्सिना समाज नेपालको विधान २०६३ बमोजिम धनकुटा जिल्ला समितिको गठन भएको छ । समाजको १ नं प्रदेशका अध्यक्ष हरिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भेलामा तिमिल्सिना समाजका केन्द्रीय सदस्य डा.महानन्द तिमिल्सिना प्रमुख अतिथिका रूपमा रहेका थिए । तीन वर्षका लागि गठित कार्यसमितिको अध्यक्षमा यादवबाबु तिम्सिना, उपाध्यक्ष श्याम तिम्सिना, सचिव गेहेन्द्र तिम्सिना, कोषाध्यक्ष राधा तिम्सिना र सदस्यहरूमा खगेन्द्रप्रसाद तिम्सिना, अनुप तिम्सिना, भोजबहादुुर तिम्सिना, विश्वेश्वरप्रसाद (सिर्जन) तिम्सिना र कुलप्रसाद तिम्सिना निर्वाचित भएका छन् । निरोज तिम्सिना द्वरा सञ्चालित उक्त कार्यक्रममा धनकुटा क्षेत्रका तिम्सिनाहरूको व्यापक उपस्थिति रहेको थियो । जिल्ला क्षेत्रमा तिमिल्सिनाहरू बीच आपसी सद्भाव, वंश खोजी, सहयोग आदानप्रदान एवम् सामाजिक कार्यका लागि समिति गठन गरिएको कुरा केन्द्रीय सदस्य डा.महानन्द तिमिल्सिनाले जनाए ।

Posted by तिमिल्सिना समाज
गतिविधि

तिमिल्सिना समाज नेपालको धरान समिति पुनर्गठन ।

कार्तिक ८ गते बिहिवार तिमिल्सिना समाज नेपाल, धराननगर समितिको दोस्रो साधारण सभामार्फत नयाँ समितिको पुनर्गठन गरिएको छ । सात सदस्यीय समितिको अध्यक्ष पदमा तीनबर्से कार्यकालका लागि गोविन्द तिमिल्सिना चयन भएका छन् । पुनर्गठित समितिको उपाध्यक्ष गौरीशङ्कर तिमिल्सिना, सचिव धर्मराज तिमिल्सिना, सहसचिव अनिप तिमिल्सिना, कोषाध्यक्ष शिवराज तिमिल्सिना तथा दुई जना सदस्यहरूमा भोला तिमिल्सिना तथा श्याम तिमिल्सिना चयन भएका छन् । भेलाले तिमिल्सिना समाज नेपालका केन्द्रीय सदस्य डा.महानन्द तिमिल्सिनालाई र नगर समितिका निवर्तमान कोषाध्यक्षलाई सल्लाहकारका रूपमाचयन गरेको छ । निर्वाचित अध्यक्ष यसअघिको कार्यकालमा समेत अध्यक्ष रहेका थिए । उनकै अध्यक्षतामा बसेको साधारण सभामा समाजका प्रदेश नं. १ का संयोजक हरिप्रसाद तिमिल्सिना प्रमुख अतिथि रहेका थिएभने विशिष्ट अतिथि प्रदेश समितिका उपाध्यक्ष भवकृष्ण तिमिल्सिना रहेका थिए ।कार्यक्रममा समाजको केन्द्रीय समितिमा निर्वाचित डा.महानन्द तिमिल्सिनालाई र प्रदेश नं १ को संयोजकमा निर्वाचित हरिप्रसाद तिमिल्सिनालाई बधाई दिइएको थियो ।
तिमिल्सिना समाज नेपालको विधान २०६३ अनुसार धरान नगर समितिको गठन भएको हो । धरान क्षेत्रभित्र बसोबास गर्ने तिमिल्सिना बन्धुहरूको खोजी गरी सबैलाई एकताको सूत्रमा आबद्ध गरी एकआपसमा सहयोगको भावना अभिवृद्धि गर्नु यस समिति गठनको उद्देश्य रहेको छ । यसै गरी समाजको केन्द्रीय विधानको मातहतमा रही तिमिल्सिनाहरूको आर्थिक, सामाजिक, शैक्षिक अवस्थाको अध्ययन गर्नु, बन्धुहरूको उत्पत्तिदेखि हालसम्मको वंशक्रमको अध्ययन अनुसन्धान गर्नु, कुलपूजा आदि धार्मिक, सांस्कृतिक परम्परालाई व्यवस्थित ढंगले संरक्षण एवम् सम्बद्र्धन गर्नु, ‘सेवा हि परमो धर्म’ को भावनालाई प्रोत्साहित गर्नु आदि यस समितिले गर्ने मूलभूत कार्यक्षेत्रहरू रहेको कुरा समाजका केन्द्रीय सदस्य डा.महानन्द तिमिल्सिनाले बताए ।

Posted by तिमिल्सिना समाज
गतिविधि

तिमिल्सिनाहरू सामुहिक कुलपूजा सम्पन्न ।

देशका विभिन्न स्थानमा वसोवास भएका तिमिल्सिनाहरूको सामुहिक कुलपूजा पवित्र तिर्थस्थल देवघाटमा सम्पन्न भयो ।

कुलपूजा स्थान विशेष फरकफरक मितिमा फरकफरक तरिकाबाट गरिने भएपनि प्राचिन तथ्यलाई अधार मानेर अनन्त चतुर्दशीको दिन कुलपूजा आयोजना गरिएको हो । पितृउद्धारका लागि गरिने सोह्र साद्धको पूर्वसन्धामा कुलपूजा गर्दा कुलको उथ्थान र हितहुने विश्वास छ ।

कार्यक्रममा सामुहिक कुलपूजा, प्रसाद वितरण, ८० वर्षमाथिका जेष्ठ नागरिकहरूको सम्मान । देवघाटमा निर्माण भएको मन्दिर निर्माणमा क्रममा येगदान गर्नुहुने दानदाता तथा सहयोगिहरूलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम तिमिल्सिना समाज नेपालले आयोजना गरेको थियो भने कार्यक्रमको व्यवस्थापन तिमिल्सिना समाजन नेपाल, चितवन जिल्ला कार्यसमितिले गरेको थियो ।

Posted by तिमिल्सिना समाज
गतिविधि

तिमिल्सिना समाज नेपालको तीज ।

मानवीय सेवा एक सकारात्मक सोच हो । साँच्चै यतिबेला मानव सेवा आश्रम संचालन गरेर घरपरिवारबाट तिरस्कृत भएर सडकमा आएपछि समाजलाई बाधक बने यस्ता व्यक्तिलाई न त परिवारले नै वास्ता गर्छ न त सरकारले नै जिम्मेवारी लिने गरेको छ । सडकमा यत्रतत्र बस्न बाध्य मानवलाई आश्रममा ल्याएर सेवा दिन्छु भन्न जति सजिलो छ त्यसलाई व्यवहारमा उतार्न उत्तिकै गाह्रो छ । मानवको उद्दार गरेर आश्रममा ल्याएर लालनपालन मात्रै हैन सेवा दिएर राख्ने काम झन चुनौती छ ।

यस्तै निरन्तर रूपमा मानवीय सेवामा समर्पित भएर मान्छेको मुहारमा मुस्कान भर्ने उद्देश्यले भक्तपूको वोडेमा स्थापित ‘श्री द्योमा जगत वृद्धाश्रम’का वृद्धवृद्धाहरूसँग यस वर्षको तीज तिमिल्सिना समाज नेपाल र गृहिणी महिला संघले संयुक्त रूपमा मनाइयो ।

 

Posted by तिमिल्सिना समाज
गतिविधि

पहिलो पूर्ण वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

२०७६ श्रावण ३२, काठमाडाैं

तिमिल्सिना समाज नेपाल, केन्द्रीय समितिकाे  पूर्ण वैठक समाजका अध्यक्ष श्री नवराज तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भयो ।

साथै  दोस्रो सत्रमा तिमिल्सिना समाज नेपालका पुर्व कार्यसमिति सदस्यहरू तथा पुर्व कार्यसमितिका सल्लाहकार सदस्य तथा संरक्षक सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम कार्यक्रम समाजले सञ्चालन गर्ने आगामी कार्यक्रमहरूका छलफल गर्दै सम्पन्न भयो ।

साथै छलफल तथा अन्तरक्रियाबाट निम्म निर्णय भयो ।

तिमिल्सिना समाज नेपालले हरेक वर्ष अनन्त चतुर्दशीका दिन समाजको कुलपूजा गर्ने निर्णय गर्‍यो । यस वर्षको कुलपूजा  मिति २०७६ भाद्र २६ गते चितवनको देवघाटमा गर्ने निर्णय भयो । उक्त अवसरमा सम्पूर्ण तिमिल्सिनाहरूलाई उपस्थितिको लागि अनुरोध गर्ने
तिमिल्सिना समाज नेपालले २०७६ कार्तिक २३ गते समाजको स्थापना दिवसको मनाउने निर्णय भयो । यस अवसरमा गत निर्वार्चनमा तीनै तहका निर्वाचित तिमिल्सिना जनप्रतिनिधिहरू, तिमिल्सिना पत्रकारहरू, तथा कलाकारहरूलाई सम्मान गर्ने ।
वंशावली निर्माणका लागि नामावली सङ्कलनलाई थप तीव्रता दिने ।
बिजनेस डाइरेक्टरी तयारीकाे काम सुरु गर्ने ।

Posted by तिमिल्सिना समाज