२०८० चैत २४, चितवन । तिमल्सिना समाज नेपालको वंशवली सम्बन्धी प्रथम ऐतिहासिक प्रारम्भिक भेला तिमल्सिना समाज नेपालका संरक्षक तथा समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाको, प्रमुख आतिथ्यमा समाजका अध्यक्ष दीपक तिमल्सिनाको संभापतित्वमा भव्य रुपमा सम्पन्न भयो । उक्त भेलाले हालसम्म जिल्लागत रूपमा तयार भएका वंशावलीको डिजिटल स्वरूप https://timilsinasamaj.org मार्फत सार्वजनिक गरियो ।
समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिनाले सम्बोधन गर्दै भन्नुभयो समाज चलाएको वंशावली निर्माण गर्ने अभियानमा सबैको साथ र सहकार्य जरुरत भएकाे र यसकाला सबै तत्पर रहनुपर्ने, सबैले आफ्नो परिवारको वशावली विवरण परिमार्जन गरेर यस अभियानमा जोडिन सबैलाई अनुरोध गर्नुभयो ।
सात वटै प्रदेशका ६० भन्दा बढि जिल्लाको प्रतिनिधित्व भएको उक्त भेलामा तिमिल्सिना समाज नेपालका वंशावली प्रकाशन सिमितिका सहसंयोजक जयराम तिमल्सिना र उनको प्राविधिक समूहले प्रकाशित वंशावली प्राप्त गर्ने र त्यसलाई सम्पादन गर्ने तरिकाका सबैलाई जानकारी गराएका थिए ।
तीनसयको सङ्ख्यामा उपस्थित सहभागिहरूमा सबैलाई आफ्नो वंशावली सम्पादन गरन र छुटेका नामहरू समावेशका लागि नयाँ तथ्याङ्क तथा आवश्यक सुझाव २०८१ वैशाख मसान्तसम्म तिमिल्सिना समाज नेपालको केन्द्रीय वंशावली प्रकाशन समितिसम्म आइपुग्ने गरेर पठाउन अनुराेध गर्दै समाजका केन्द्रीय अध्यक्ष दीपकराज तिमिल्सनाले सर्वसहमत रूपमा वंशावली प्रकाशन गर्ने घोषणा गर्नुभयो ।
भेलामा समाजका संरक्षक, सल्लाहकार, वर्तमान तथा पुर्व पादधिकारीहरू । प्रदेश समिति जिल्ला समितिसहितको उपस्थिति थियो ।
उक्त भेलामा समाजले देशभरबाट ३७ जना विद्यार्थीलाई छात्रवृत्री रकम उपलब्ध गराएकाे थियो ।
समाजले समपादनका लागि प्रकाशन गरेका वंशावली हेर्नका लागि https://timilsinasamaj.org/?page_id=11492