तिमिल्सिना समाज नेपालको विधान २०६३ बमोजिम धनकुटा जिल्ला समितिको गठन भएको छ । समाजको १ नं प्रदेशका अध्यक्ष हरिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भेलामा तिमिल्सिना समाजका केन्द्रीय सदस्य डा.महानन्द तिमिल्सिना प्रमुख अतिथिका रूपमा रहेका थिए । तीन वर्षका लागि गठित कार्यसमितिको अध्यक्षमा यादवबाबु तिम्सिना, उपाध्यक्ष श्याम तिम्सिना, सचिव गेहेन्द्र तिम्सिना, कोषाध्यक्ष राधा तिम्सिना र सदस्यहरूमा खगेन्द्रप्रसाद तिम्सिना, अनुप तिम्सिना, भोजबहादुुर तिम्सिना, विश्वेश्वरप्रसाद (सिर्जन) तिम्सिना र कुलप्रसाद तिम्सिना निर्वाचित भएका छन् । निरोज तिम्सिना द्वरा सञ्चालित उक्त कार्यक्रममा धनकुटा क्षेत्रका तिम्सिनाहरूको व्यापक उपस्थिति रहेको थियो । जिल्ला क्षेत्रमा तिमिल्सिनाहरू बीच आपसी सद्भाव, वंश खोजी, सहयोग आदानप्रदान एवम् सामाजिक कार्यका लागि समिति गठन गरिएको कुरा केन्द्रीय सदस्य डा.महानन्द तिमिल्सिनाले जनाए ।