२०७६ कार्तिक २३
तिमिल्सिना समाज नेपालकाे १३औँ स्थापना दिवसको अवसरमा तिमिल्सिना समाज नेपाल केन्द्रीय समितिले आयोजना गरेको तिमिल्सिना भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भयो । राष्ट्रियसभाका अध्यक्ष सम्माननीय गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्ना भएको हो । कार्यक्रममा तिमिल्सिन नेपाल संस्थापक सदस्यहरू, पुर्वकार्यसिमितिमा विभिन्न योगदान गर्नुहुने तिमिल्सिनाहरू, पुर्वकार्यसमितिले मनोनयन गरेका सल्लाहकारसदस्यहरू तथा संरक्षकज्युहरूलाई उहाँहरूले गर्नुभएकाे याेगदानकाे कदर गर्दै सम्मान गर्यो । समाज स्थापना कालदेखि देशको पूर्वान्चल क्षेत्रमा अनवरत योगदान गर्नुहुने स्वगीय अनिरुद्र तिमिल्सिनालाई मरणपरान्त उहाँकाे कार्यको स्मरण गर्दै ‘तिमिल्सिना श्री’ सम्मान अर्पण गरिएको छ ।

नेशनल ल कलेज, सानेपा, ललितपुरमा आयोजित उक्त कार्यक्रममा २०७४ मा भएकाे तिनै तहको निर्वाचनमा निर्वाचित तिमिल्सिना जनप्रतिनिधिहरू लगाएत तिमिल्सिना कलाकारहरू, साहित्यकारहरू, पत्रकार तथा समाजसेवीहरूलाई सम्मान गरिएको हो । तिमिल्सिना समाज नेपाललाई विभिन्न समयमा सहयोग गर्ने नेशनल ल कलेज, मिर्मिरे अनलाई र आत्मलिन बचत तथा ऋण सहकारी संस्था लि.लाई कृतज्ञता ज्ञपन गरियो ।
सम्मानित सबैलाई राष्ट्रियसभाका अध्यक्ष श्री तिमिल्सिनाले रुद्राक्षमाला तथा सम्मानपत्र द्वारा सम्मान गर्नुभएकाे थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिना, प्रा.डा. पार्थिवेश्वर तिमिल्सिना, पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिब सागर तिमिल्सिना, समाजका संरक्षक डा. रामकृष्ण तिमिल्सिना, ज्योतिष पण्डित बृङ्घमराज तिमिल्सिना लगायतले सम्वोधन गर्नुभएकाे थियो ।

कार्यक्रममा तिमिल्सिना समाज नेपालका प्रदेशका प्रमुख, जनप्रतिनिधि, पत्रकार, कलाकार, साहित्यकार तथा समाजका संरक्षक, सल्लाहकार लगायत तिमिल्सिनाहरूको बाक्लो उपस्थिति रह्यो । कार्यक्रममा समाजका वरिष्ठउपाध्यक्ष श्री दीपकराज तिमिल्सिनाले स्वागत मन्त्यव्य राख्नुभएकाे थियो भने समाजका सचिव श्री टपेन्द्र तिमिल्सिनाले समाजका गतिबिधि तथा समाजका भावी योजनाहरूका बरेमा बोल्नुभएको थियो भने समाजका महासचिव श्री होमप्रसाद तिमिल्सिनाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।






ि