तिमिल्सिना समाज नेपालको तीज ।

मानवीय सेवा एक सकारात्मक सोच हो । साँच्चै यतिबेला मानव सेवा आश्रम संचालन गरेर घरपरिवारबाट तिरस्कृत भएर सडकमा आएपछि समाजलाई बाधक बने यस्ता व्यक्तिलाई न त परिवारले नै वास्ता गर्छ न त सरकारले नै जिम्मेवारी लिने गरेको छ । सडकमा यत्रतत्र बस्न बाध्य मानवलाई आश्रममा ल्याएर सेवा दिन्छु भन्न जति सजिलो छ त्यसलाई व्यवहारमा उतार्न उत्तिकै गाह्रो छ । मानवको उद्दार गरेर आश्रममा ल्याएर लालनपालन मात्रै हैन सेवा दिएर राख्ने काम झन चुनौती छ ।

यस्तै निरन्तर रूपमा मानवीय सेवामा समर्पित भएर मान्छेको मुहारमा मुस्कान भर्ने उद्देश्यले भक्तपूको वोडेमा स्थापित ‘श्री द्योमा जगत वृद्धाश्रम’का वृद्धवृद्धाहरूसँग यस वर्षको तीज तिमिल्सिना समाज नेपाल र गृहिणी महिला संघले संयुक्त रूपमा मनाइयो ।

 

Leave a Reply