ललितपुर । २०८३ साल भाद्र २० गते शनिबार । तिमल्सिना समाज नेपाल, ललितपुरको जिल्लाको चौथो जिल्ला सम्मेलन ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १० स्थित कञ्चन स्कूलमा समाजका अध्यक्ष श्री रमेशप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भयो । समाजका केन्द्रीय सचिव श्री सञ्जय तिमल्सिनाको प्रमुख आतिथ्यता तथा समितिका बागमती प्रदेश सदस्य श्री बेनप्रसाद तिमल्सिनाको बिशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष श्री रमेशप्रसाद तिमल्सिनाले आगामी कार्यसमितिको सफलताको कामना गर्नुहुँदै आगामी समितिको कार्ययोजनाको बारेमा प्रस्तुत गरी पदीय जिम्मेवारी ग्रहण गरी कार्यक्रम सम्पन्न भएको थियो । समाजका केन्द्रीय सचिव श्री सञ्जय तिमिल्सिनाले तिमिल्सिना समाज नेपाल केन्द्रीय सिमितिका भावी काम तथा वर्तमान समयमा गरिरहेका कार्यका बारेमा प्रकाश पार्नु भयो । बागमती प्रदेश सदस्य श्री बेनप्रसाद तिमिल्सिनाले तिमिल्सिनाको उत्पति हाम्रा पुर्खा तथा कूलपूजाका बारेमा प्रकाश पार्नुभयो ।
जिल्ला अधिवेशनले श्री भगिरथ तिमल्सिनाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गर्यो । समितिमा उपाध्यक्षमा श्री पुरुषोत्तम तिमल्सिना, सचिवमा श्री गङ्गाराम तिमल्सिना, सहसचिवमा श्री रामप्रसाद तिमल्सिना (कालेश्वर), कोषाध्यक्षमा श्री कोपिला तिमल्सिना चयन हुनुभयो भने सदस्यमा श्री विष्णुप्रसाद तिमल्सिना, श्री रेवतीप्रसाद तिमल्सिना, श्री श्यामसुन्दर तिमल्सिना, श्री सोमनाथ तिमल्सिना, श्री रामचन्द्र तिमल्सिना र श्री रामप्रसाद तिमल्सिना (महालक्ष्मीस्थान) चयन हुनुभएको छ ।
उक्त कार्यक्रममा करिब ५० जना बन्धुवान्धवको उपस्थिति थियो ।