तिमिल्सिनाहरू सामुहिक कुलपूजा सम्पन्न ।

देशका विभिन्न स्थानमा वसोवास भएका तिमिल्सिनाहरूको सामुहिक कुलपूजा पवित्र तिर्थस्थल देवघाटमा सम्पन्न भयो ।

कुलपूजा स्थान विशेष फरकफरक मितिमा फरकफरक तरिकाबाट गरिने भएपनि प्राचिन तथ्यलाई अधार मानेर अनन्त चतुर्दशीको दिन कुलपूजा आयोजना गरिएको हो । पितृउद्धारका लागि गरिने सोह्र साद्धको पूर्वसन्धामा कुलपूजा गर्दा कुलको उथ्थान र हितहुने विश्वास छ ।

कार्यक्रममा सामुहिक कुलपूजा, प्रसाद वितरण, ८० वर्षमाथिका जेष्ठ नागरिकहरूको सम्मान । देवघाटमा निर्माण भएको मन्दिर निर्माणमा क्रममा येगदान गर्नुहुने दानदाता तथा सहयोगिहरूलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम तिमिल्सिना समाज नेपालले आयोजना गरेको थियो भने कार्यक्रमको व्यवस्थापन तिमिल्सिना समाजन नेपाल, चितवन जिल्ला कार्यसमितिले गरेको थियो ।

Leave a Reply