२०७६ श्रावण ३२, काठमाडाैं
तिमिल्सिना समाज नेपाल, केन्द्रीय समितिकाे पूर्ण वैठक समाजका अध्यक्ष श्री नवराज तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भयो ।

साथै दोस्रो सत्रमा तिमिल्सिना समाज नेपालका पुर्व कार्यसमिति सदस्यहरू तथा पुर्व कार्यसमितिका सल्लाहकार सदस्य तथा संरक्षक सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम कार्यक्रम समाजले सञ्चालन गर्ने आगामी कार्यक्रमहरूका छलफल गर्दै सम्पन्न भयो ।
साथै छलफल तथा अन्तरक्रियाबाट निम्म निर्णय भयो ।
- तिमिल्सिना समाज नेपालले हरेक वर्ष अनन्त चतुर्दशीका दिन समाजको कुलपूजा गर्ने निर्णय गर्यो । यस वर्षको कुलपूजा मिति २०७६ भाद्र २६ गते चितवनको देवघाटमा गर्ने निर्णय भयो । उक्त अवसरमा सम्पूर्ण तिमिल्सिनाहरूलाई उपस्थितिको लागि अनुरोध गर्ने
- तिमिल्सिना समाज नेपालले २०७६ कार्तिक २३ गते समाजको स्थापना दिवसको मनाउने निर्णय भयो । यस अवसरमा गत निर्वार्चनमा तीनै तहका निर्वाचित तिमिल्सिना जनप्रतिनिधिहरू, तिमिल्सिना पत्रकारहरू, तथा कलाकारहरूलाई सम्मान गर्ने ।
- वंशावली निर्माणका लागि नामावली सङ्कलनलाई थप तीव्रता दिने ।
- बिजनेस डाइरेक्टरी तयारीकाे काम सुरु गर्ने ।
